अनुस्मृति ( Memoirs)

“ग्र्याण्डी देखि फ्र्याङ्कलिनसम्म”- ५ 

किमो थेरापी तथा बोन म्यारो प्रत्यारोपण जस्ता  चरणहरु  राम्रै परिणाम सहित पार लगाइएको हुँदा माइलोमासंगको  दौडमा म निकै अगाडि पुगिसकेको हुनु पर्छ भन्ने मैले सोचेको थिएँ। तर यो त म संगसंगै  नै हिंडिरहेको रहेछ। आखिर क्यान्सर न ठहरियो। त्यत्तिकै छुट्कारा त के पाइन्थ्यो र?  प्रत्यारोपण पछिको तीन महिनाको अनुगमन अवधि र त्यस पछिको अर्को तीन […]

अनुस्मृति ( Memoirs)

ग्राण्डीदेखि फ्र्याङ्लिनसम्म-४

फेब्रुवरी महिनाको मध्यतिरको कुरो। जाडो अलि कम हुँदै जानु पर्नेमा झनै चम्किएको छ।  तापमान माइनसमा चलिरहेको निकै दिन भइसक्यो। एक साता अघि परेको हिउँ अझै पग्लिसकेको छैन। बेलाबेलामा हिउँ थपिने क्रम कायम नै छ। हरिया चौरहरु लगायत हिउँ अड्न सक्ने ठाऊँ  सबै सेताम्य छन्। सडक सोहोरेर दायाँ-बायाँ थुपारिएका हिउँका थुप्राहरु भने मैलिएर ध्वाँसे रंगको बरफको […]

अनुस्मृति ( Memoirs)

“ग्राण्डीदेखि फ्र्याङक्लिन्‌सम्म” ३

“ग्राण्डीदेखि फ्र्याङक्लिन्‌सम्म” ३ आखिर जे नहोस् भनेर अहोरात्र जप्ने गर्दथें- त्यही नभई नछोड्ने भयो। जीवन आफूले भने जस्तो वा चाहे जस्तो हिसाबले कहाँ चल्छ र? “आफू ताक्छु मूढो, बञ्चरो ताक्छ घुँडो” भने झैं जतिसुकै कोशिश गरे पनि आफू अनुकूलको परिस्थिति सृजना गर्न वा कायम राख्न नसकिने रहेछ। समय भनौं वा नियतिले जता डोर्‍याउँछ- त्यसैलाई आत्मसात् […]

अनुस्मृति ( Memoirs)

“ग्राण्डीदेखि फ्र्याङ्कलिनसम्म”- २

दिन गन्दै जाँदा  मार्च महिना सकिएर अप्रिलको दोश्रो हप्ता लागिसकेछ। साथै किमो थेरापीको तेश्रो साइकल पूरा भई चौथो साइकल शुरु भएको पनि दुई हप्ता बितिसक्यो। यो अन्तरालमा माइलोमासंगको मेरो परिचय विस्तारै गाढिदैं गएको अनुभव गरेको छु र लाग्छ हामी दुबै एक-अर्कालाई विस्तारै चिन्दैछौं र बुझ्दैछौं। हामी बीचको हालसम्मको  खेलमा म अलि आक्रामक हिसाबले प्रस्तुत हुन […]

अनुस्मृति ( Memoirs)

Myeloma Awareness Month

अमेरिकन एसोसिएसन अफ् क्यान्सर रिसर्चका अनुसार हरेक वर्षको मार्च महिनालाई   “Myeloma Awareness Month”  भनेर छुट्याइएको रहेछ। “मल्टिपल माइलोमा” एक प्रकारको रक्त कोशिका सम्बन्धी क्यान्सर हो। भर्खर-भर्खरै ममा पनि यही मल्टिपल माइलोमा पुष्टि भएको छ र हाल उपचाररत छु।  क्यान्सर रोग औषधि विज्ञानका लागि शताब्दीकै प्रमुख चुनौतिको रुपमा रहेको र यस रोगको समुचित निदान पनि अद्यापि […]

अनुस्मृति ( Memoirs)

“ग्राण्डीदेखि फ्र्याङ्कलिनसम्म”

…………………कालान्तरले अहिले म आफैं अस्पतालको बेडमा आइपुर्गेको छु। मलाई लाग्छ- एउटा अंशको पटाक्षेप पछि अब अर्को दृश्य मञ्चन भएको छ। नाटकको यो भागमा म अब बिरामी कुरुवा तथा केयर टेकरको भूमिकाबाट आफैं बिरामीको रूपमा परिणत हुन पुगें र मेरो परिवार तथा हितैषीहरुले अब मेरो ठाऊँ लिने छन्। मैले पाएको भूमिका प्रति मेरो कहिल्यै गुनासो रहेन, […]

Back To Top